गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी

 चैत ५, २०७८ शनिबार ८:५८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी भएको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल नागरिकका लागि खुला गरिएको थियो । तर भूकम्पका कारण बन्द रहेको गद्दी बैठक पुनः खोल्न लागिएको हो । गद्दी बैठक पूर्ण रुपमा खोल्न हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट निर्णय गर्न लागिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवम् सशस्त्र द्वन्द्वकालका दस्ताबेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो ।

सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ । राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रुपमा उपयोग हुँदै आएको थियो ।

गद्दी बैठक नागरिकका लागि खुला गरेपछि हनुमानढोका दरबार क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा छ । अहिले दैनिक आन्तरिक र बाह्य गरी झण्डै तीन सय जना पर्यटकले हनुमान ढोका दरबार क्षेत्रका ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका स्थलको अवलोकन गर्दै आएका छन् ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया