भारतलाई हराउँदै अष्ट्रेलिया पुग्यो महिला विश्वकप क्रिकेटको सेमिफाइनलमा

 चैत ५, २०७८ शनिबार १५:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा पुगेको छ ।

न्युजिल्याण्डको अकल्याण्डमा भारतले दिएको दुई सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । अष्ट्रेलियाको लागि मेग लानिङले ९७ र अल्यसा हेलीले ७२ रन बनाए । यस्तै रचइएल हेन्सले ४३ रन बनाइन् । हेन्स र हेलीले एक सय २१ रनको साझेदारी गरे । बलिङतर्फ भारतका पूजा वास्त्रकरले २ विकेट लिइन् ।

अष्ट्रेलियाले महिला एकदिवसीय विश्वकपमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याउने इतिहास पनि रचेको छ । यसअघि पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । विश्वकपमा अष्ट्रेलियाले अपराजित रहँदै पाँच खेलमा १० अंकसहित सेमिफाइलनमा स्थान पक्का गरेको छ । भारत भने पाँच खेलमा चार अंकसहित चौथो स्थानमा छ । 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया