टी–ट्वेण्टी एसिया कप क्रिकेट आउँदो अगस्टमा श्रीलंकामा हुने

 चैत ५, २०७८ शनिबार १६:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कप क्रिकेट श्रीलंकामा हुने भएको छ ।

आज बसेको एसीसीको वार्षिक साधारण सभाले एसियाकप टी–ट्वेण्टी क्रिकेट प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सिधै खेल्न पाउनेछन् भने एउटा देशले छनौट चरण पार गरेर स्थान बनाउनेछ ।

यस्तै बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ । साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव समेत हुनुहुन्छ । साहले एसियाली क्षेत्रको क्रिकेट विकासमा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । 
 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया