एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दै

 चैत ७, २०७८ सोमबार ९:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे दुबई क्रिकेट रङ्गशालामा हुने छ । आज यूएईलाई हराउँदै नेपाल श्रृङ्खलामा दोस्रो जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

यूएई भने आज तेस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा यूएईले पीएनजीलाई ७ विकेटले हराएको थियो।

दोस्रो खेलमा नेपाललाई हराएको यूएई पीएनजीसँग  तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो। 

अन्तिम अपडेट: फागुन ५, २०८०

तपाईको प्रतिक्रिया