महिला च्याम्पियनसिपमा नेपाल भारतसँग फेरि पराजित

 चैत ८, २०७८ मंगलबार ७:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग फेरि पराजित भएको छ ।

पहिलो खेलमा भारतसँग ७–० गोल अन्तर र दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ गोल अन्तरले पराजित भएको नेपाल तेस्रो खेलमा पनि भारतसँग पराजित भएको हो । हिजो बेलुकी जमसेदपुरमा भएको खेलमा भारतले नेपाललाई ५–१ गोलले पराजित गर्यो ।

भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक गरिन् भने हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दिपा भोलानले एक गोल गरिन् । नेपालले अन्तिम खेल भोलि बङ्ग्लादेशसँग खेल्नेछ ।

भारत ३ खेलमा ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बङ्ग्लादेश ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेशको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया