पपुवा न्युगिनीसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

 चैत ८, २०७८ मंगलबार ११:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

दुबई क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । अहिले पपुवा न्युगिनीले ब्याटिङ गरिरहेकाे छ । आजको खेलमा नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ । भीम सार्कीलाई डेब्यु दिइएको छ ।

नेपालले यसअघि पीएनजीसँग तीन एक दिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालको प्रदर्शन कमजोर देखिएको छ । ब्याटिङमा सुधार नगरे नेपाललाई आजको खेल पनि जित्न कठिन हुन सक्नेछ ।

श्रृङ्खलामा नेपाल र पीएनजीको अन्तिम खेल हो । पीएनजी पहिलो खेलमा यूएईसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपासँग २ विकेटले हारेको थियो । यस्तै, हार बेहोर्दै तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया