सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ : महन्थ ठाकुर

 चैत ८, २०७८ मंगलबार ११:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ ।

जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आफूहरुलाई आग्रह गर्नुभएको र त्यहीअनुसार पार्टीभित्र छलफल भइरहेको बताउनुभएको हो ।

उहाँले सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकताको समस्या समाधान र आन्दोलनका क्रममा आफ्ना कार्यकर्तामाथि लगाएका मुद्दा फिर्ताको विषय समाधान हुनुपर्ने माग रहेको बताउनुभयो ।

यी समस्या समाधान भएमा सरकारमा सहभागी हुन लोसपा तयार रहेको पनि उहाँले बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा कुनै पनि दलसँग गठबन्धन गर्न पार्टी खुल्ला रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया