पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

 चैत ८, २०७८ मंगलबार १४:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्थ्याे । 

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि पार्टी नै एमालेमा विलय भएको छ । सिंह पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा खानेपानी मन्त्री बन्नुभएको थियो ।

यसअघि अभिनेत्री मानन्धर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय हुनुभएको थियो । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया