त्रिवि मैदानमा हुने टी–२० र एकदिवसीय शृङ्खलाका लागि टोली घोषणा, ज्ञानेन्द्र र विनोद परेनन्

 चैत ८, २०७८ मंगलबार १८:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा हुने टी–२० र एकदिवसीय क्रिकेट शृङ्खलाका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज मङ्गलवार सूचना निकालेर यसबारेमा जानकारी दिएकाे हाे । 

नेपालले यही चैत ११ र १२ गते त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) सँग दुई वटा एकदिवसीय खेल खेल्दैछ । यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ । दुवै फर्म्याटको खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याटर विनोद भण्डारी परेका छैनन् । युवा खेलाडीलाई टिममा राखिएको छ ।

एकदिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । यस्तै टी–२० मा पनि विवेक यादव, दिलिप नाथ, लोकेश बम, अदिल अन्सारी, अविनाश बोहरा लगायतका खेलाडी परेका छन् । 

यी हुन् खेलाडी

यस्ताे छ खेल तालिका

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया