सावित्रा भण्डारी बनिन् 'दशककै महिला खेलाडी'

 चैत ८, २०७८ मंगलबार १८:४९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी 'पल्सर स्पाेर्ट्स अवार्ड' मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घाेषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार भण्डारी याे पुरस्कारबाट सम्मानित भएकी हुन् ।

सन् २०१४ मा राष्ट्रिय टाेलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताएकी छिन् । यस्तै उनले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएकी छिन् ।

उनी राष्ट्रिय टाेली, घरेलु लिगमा धेरैजसाे प्रतियाेगितामा सर्वाधिक गाेलकर्ता बन्दै आएकी छिन् । देशमा मात्र नभएर सावित्राले भारतीय लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् । 

सावित्रालाई 'साम्बा' काे नामले पनि चिनिन्छ । प्रायः खेलेका सबै खेलमा गाेल गर्दै आएकी उनलाई ‘गोल मेशिन’ पनि भन्ने गरिन्छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया