१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

 चैत ९, २०७८ बुधबार ८:४७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिनको आधारमा चलिरहेको च्याम्पियनशिपमा शीर्ष टोलीले उपाधि जित्नेछ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया