ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कैलाली – धनगढीमा भइरहेकाे 'मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता' अन्तर्गत आज बुधवार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा आर्मीले प्रदेश नं १ लाई ३–० को सोझो सेटले हरायाे । आर्मीले प्रदेश १ लाई २५–१७, २५–२१ र २५–९ को सेटले हराउँदा आर्मीका दुर्गा खड्का 'म्यान अफ द म्याच' भए ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायाे । पुलिसले कर्णालीलाई २५–८, २५–९ र २५–१५ को सेटले हराउँदा पुलिसका हिम राना 'म्यान अफ द म्याच' भए ।
यस्तै आजै बिहान भएको अर्को खेलमा घरेलु टोली सुदूरपश्चिम वाग्मती प्रदेशलाई हराउँदै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ ।
सुदूरपश्चिमले वाग्मतीलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । खेलका 'म्यान अफ द म्याच' सुदूरपश्चिमका सन्तोष महता भए ।
प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टाेलीले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।