मधेसबाहेक ६ प्रदेशमा ‘पहिलाे’ हुने एमालेकाे निष्कर्ष

 चैत ९, २०७८ बुधबार २०:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकलन गर्दा एमालेले चुनावमा बहुमत ल्याउने पनि बैठकको निष्कर्ष रहेको छ । 

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको चुनावमा आफ्नो पार्टीले बहुमत हासिल गर्नुपर्ने बताउनुभएको छ । एमालेविरुद्ध भ्रमपूर्ण प्रचारहरू भएको दाबी गर्दै खण्डन गरेर चुनावमा बहुमत हासिल गर्ने गरी तयारी गर्न नेता/कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

यस्तै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा बहुमत नल्याएमा सङ्घीय सरकार चलाउन पनि समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौँ । इतिहासको लोकतान्त्रिक आन्दोलनको विरासत हामीसँग छ । आजको समस्या र चुनौतीको सामना र समाधान गर्नुपर्ने उत्तरदायित्व हामीसँग छ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा हामीसँग छ । यसका लागि स्वाभाविक रूपमा आउँदा चुनावहरू महत्त्वपूर्ण छन् । बहुमत ल्याउनुपर्छ ।’ 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया