१८ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

 चैत १०, २०७८ बिहिबार ६:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १८ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ ।

भारतको जमसेदपुरमा हिजो भएको चौथो खेलमा नेपाल बङ्ग्लादेशसँग २–१ गोलले पराजित भयो । बङ्ग्लादेशका शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक/एक गोल गरिन् । अमिशा कार्कीले खेलको चौथो मिनेटमै गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन सकेन।

नेपाल जितविहीन बन्दै बाहिरिएको छ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बङ्ग्लादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । बङ्ग्लादेशले ३ खेलमा ६ अङ्क जोडेको छ ।

उपाधिका लागि भारत र बङ्ग्लादेश खेल्ने भएका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया