दक्षिण अफ्रिकासँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा बङ्ग्लादेशको ऐतिहासिक जित

 चैत १०, २०७८ बिहिबार ७:७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली दक्षिण अफ्रिकासँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला बङ्ग्लादेशले जितेको छ ।

गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै बङ्ग्लादेशले सिरिज २–१ ले जितेको हो । यो जितसँगै बङ्ग्लादेशले पहिलो पटक दक्षिण अफ्रिकामा एक दिवसीय श्रृङ्खलामा ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ५५ रनको लक्ष्य बङ्ग्लादेशले २६ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो । बङ्ग्लादेशको जितमा तमिम इकबालले ८७ रनको अर्धशतकीय पारी खेले । लिटोन दास ४८ रनमा आउट भए । शकिब अल हसन १८ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३७ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोडेको थियो । बङ्ग्लादेशका तास्किन अहमेदले ५ तथा शकिब अल हसनले दुई विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया