ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले चोनबरीमा घरेलु टोली थाइल्यान्डसँग खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डकाे क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।
एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । थाइल्यान्ड फिफा वरीयताको ११२ औँ र नेपाल १६७ औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।