दक्षिण अफ्रिका महिला विश्व कप क्रिकेटको सेमिफाइनलमा, इङ्ल्यान्ड, भारत र वेस्ट इन्डिजको रोमाञ्चक प्रतिस्पर्धा

 चैत १०, २०७८ बिहीबार १५:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिका एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । खराब मौसमका कारण वेस्ट इन्डिजसँगको खेल स्थगित भएपछि दक्षिण अफ्रिका नौ अङ्कसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया यसअघि नै सेमिफाइलनमा पुगिकसको छ । 

सात खेलमा सात अङ्क रहेको वेस्ट इन्डिजको विश्व कपको यात्रा अब भारत र इङ्ग्ल्यान्डकाे खेलको नतिजामा भर पर्नेछ । ६ खेलमा ६ अङ्क रहेको इङ्ग्ल्यान्डले अब आउँदाे आइतवार बङ्गलादेशलाई हराएमा सेमिफाइलनमा पुग्नेछ ।

यस्तै बङ्गलादेशसँग हार्ने वा भारतले दक्षिण अफ्रिकालाई हराएमा भने इङ्ग्ल्यान्ड बाहिरनेछ । तर भारत दक्षिण अफ्रिकासँग पराजित भएमा इङ्ग्ल्यान्ड बङ्गलादेशसँग पराजित हुँदा पनि सेमिफाइनलमा पुग्नेछ । भारत र इङ्ग्ल्यान्डमध्ये कुनै टिमले आफ्नो खेल हारे भने वेस्ट इन्डिज पनि अन्तिम चारमा पुग्नेछ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया