स्मिथ बने टेस्ट क्रिकेटमा सबैभन्दा छिटाे ८ हजार रन बनाउने खेलाडी

 चैत १०, २०७८ बिहीबार १६:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाका पूर्वकप्तान तथा क्रिकेटर स्टिभ स्मिथले पाकिस्तानसँगकाे शृङ्खला अन्तर्गत लाहाेरमा भइरहेकाे तेस्राे तथा अन्तिम टेस्टकाे दाेस्राे पारीमा इतिहास रचेका छन् । स्टिभ स्मिथ टेस्ट क्रिकेटमा सबैभन्दा छिटाे आठ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । उनले श्रीलङ्काका खेलाडी कुमार सङ्गाकाराकाे १२ वर्ष पुरानाे कीर्तिमान पनि ताेडेका छन् । 

३२ वर्षीय स्मिथले लाहाेर टेस्टकाे दाेस्राे पारीमा हसन अलीकाे बलमा चाैका प्रहार गरेर याे कीर्तिमान बनाएका हुन् । स्मिथले करियरकाे ८५ औँ टेस्टकाे एक सय ५१ ‍औँ इनिङ्स खेल्दै याे उपलब्धि हासिल गरेका हुन् । कुमार सङ्गाकाराले ९१ औँ टेस्टकाे एक सय ५२ औँ इनिङ्समा आठ हजार रन पूरा गरेका थिए । 

याे सूचीकाे तेस्राे स्थानमा भारतीय खेलाडी सचिन तेन्दुलकर छन् । उनले एक सय ५४ औँ इनिङ्समा आठ हजार रन पूरा गरेका थिए । यस्तै यसका लागि वेस्ट इन्डिजका गैरी साेबर्सले एक सय ५७ र भारतका राहुल द्रविडले एक सय ५८ औँ इनिङ्स खेल्नुपरेकाे थियाे । 

स्टिभ स्मिथले टेस्ट करियरमा ८५ औँ टेस्टकाे एक सय ५१ इनिङ्समा ५९ दशमलव ७८ औसतमा आठ हजार १० रन बनाएका छन् । यसमा २७ शतक र ३६ अर्धशतक छ । यस्तै उनले तीन पटक दाेहाेराे शतक पनि बनाएका छन् । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया