नेपाल र पीएनजीबीच भाेलिदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु

 चैत १०, २०७८ बिहीबार २०:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिवि क्रिकेट मैदान, फाइल फाेटाे

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच भोलि शुक्रवारदेखि एकदिवसीय क्रिकेट शृङ्खला सुरु हुँदैछ । नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि बिहान १० बजेपछि कीर्तिपुरकाे त्रिवि त्रिकेट मैदानमा हुनेछ ।  

भोलिको खेलका लागि नेपाली टोली घोषणा भइसकेको  छ । टाेलीमा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ । एकदिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ ।

नेपालले भोलि र पर्सि शनिवार पीएनजीसँग दुई वटा एकदिवसीय खेल खेल्दैछ । यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया