नेपाल र पपुवा न्युगिनीबीचको एक दिवसीय श्रृङ्खला आजदेखि सुरु हुँदै

 चैत ११, २०७८ शुक्रबार ६:५३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल र पपुवा न्युगिनीबीच आजदेखि एक दिवसीय क्रिकेट श्रृङ्खला सुरु हुँदैछ ।

नेपाल र पीएनजीबीचको पहिलो खेल बिहान साढे ९ बजेपछि त्रिवी त्रिकेट मैदानमा हुनेछ । खेलको लागि टिममा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी लगायत पुराना खेलाडीको ठाउँमा नयाँ खेलाडी राखिएको छ ।

एक दिवसीयमा सागर ढकाल, अनिल साह, विक्रम शोब, देव खनाल, गुल्सन झा, भीम सार्की लगायतका खेलाडी राखिएको छ । नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एक दिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया