निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान...
असोज २१, २०८१ सोमबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनु भएको छ । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवा पहिलो औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको हो । उहाँ आउँदो १८ गते भारत जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण भएको एक हप्ताभित्रै देउवा भारत जान लाग्नु भएको हो । यसअघि देउवाको भारत भ्रमण रद्द भएको थियो ।
गएको पुसमा भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भनिए पनि कोरोनाका कारण त्यो कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो ।
देउवाले पछिल्लो पटक २०७४ साल भदौमा भारतको पाँच दिने राजकीय भ्रमण गर्नु भएको थियो । नेपालले भारतको अतिक्रमणमा परेको लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा ल्याएपछि नेपाल र भारतको सम्बन्ध चिसिएको छ ।
लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नाे दाबी गर्दै आएको छ । त्यसयता सीमा विवाद, दार्चुलाको तुइन घटना लगायतका कारण दुई देशको सम्बन्ध सुमधुर छैन । कुटनीतिज्ञले छिमेकी देशसँग सुमधुर सम्बन्ध राख्नु पर्नेमा जोड दिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।