सातदोबाटो–चापागाउँ सडकमा आज पनि गाडी डाइभर्सन, बिहान ११ बजेदेखि चार बजेसम्म गाडी प्रवेशमा रोक

 चैत ११, २०७८ शुक्रबार ८:४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सडक मर्मतको लागि ललितपुरको सातदोबाटो–चापागाउँ सडकमा आज पनि गाडी डाइभर्सन गरिने भएको छ । 

आज बिहान ११ बजेदेखि चार बजेसम्म गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले मङ्गलवारदेखि आन्दोलन गरेर सडक बन्द गरेपछि ठेकेदार शैलुङ कन्स्ट्रक्सनले काम थालेको छ । ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले लामो समयसम्म नबनाएको बताउनुभयो ।

एक वर्ष अगाडि यो सडक पिच भएको थियो । तर त्यसको तीन महिनामै भत्किएपछि समस्या भएकाे छ । यसैबीच, हिजो स्थानीय बासिन्दाको आन्दोलनका कारण बन्द भएको काठमाण्डौको जोरपाटी–साँखु सडक खण्ड आज भने खुला छ ।

आज ठेकेदार, जनप्रतिनिधि र स्थानीयबीच छलफल भएर काम थालिहाल्ने मौखिक सहमतिपछि सडक खुलेको हो । सडक विस्तार सुरु भएको पाँच वर्ष पुगिसक्दा पनि पिच नहुँदा धुलोधुवाँले हैरान भएको भन्दै स्थानीयले पटक-पटक सडक बन्द गर्दै आएका छन् । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया