एकदिवसीयमा राेहित पाैडेलकाे पहिलाे शतक

 चैत ११, २०७८ शुक्रबार १६:२१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका युवा ब्याटर राेहित पाैडेलले एकदिवसीय क्रिकेटमा पहिलाे शतक बनाएका छन् । पपुवा न्युगिनीसँगकाे खेलमा राेहितले शतक बनाएका हुन् । उनले ९१ बल खेल्दै सय रन पूरा गरेका हुन् । 

रोहित नेपालबाट एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स (यूएई) सँगकाे तेस्रो एकदिवसीयमा एक सय १५ रनको शतकीय पारी खेलेका थिए ।

अहिले नेपालले त्रिवि मैदानमा पीएनजीले दिएकाे दुई सय ९३ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । टस हारेर पहिले ब्याटिङ गरेकाे पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनाएकाे थियाे । 

याे समाचार तयार पार्दासम्म नेपालले ४० ओभर सकिँदा ६ विकेट गुमाएर दुई सय सात रन बनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया