नेपाल र पपुवा न्युगिनीको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज

 चैत १२, २०७८ शनिबार ९:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमण्डाै ‍- नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ ।

आजको  खेल बिहान साढे ९ बजेदेखि सुरु हुँदैछ । हिजो भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो ।

केही कीर्तिमानसहित जितउन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनले पराजित भयो । पहिलो खेलमा हिजो ६ रनले पराजित भएपछि सिरिज बराबरी गर्नका लागि पनि नेपाल आज जित्नै पर्ने दबाबमा रहेको छ ।  

पीएनजी भने पहिलो पटक नेपाललाई पराजित गरेकाले त्यही लक्ष्य कायम राख्दै सिरिज आफ्नो पक्षमा पर्ने दाउमा हुनेछ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया