दक्षिण अफ्रिकासँग हारेसँगै भारत महिला विश्व कप क्रिकेटको सेमिफाइनल नपुग्दै बाहिरियो

 चैत १३, २०७८ आइतबार १४:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत एकदिवसीय महिला विश्व कप क्रिकेटको सेमिफाइनल नै नपुगी बाहिरिएको छ । न्युजिल्यान्डमा आज आइतवार भएको खेलमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएसँगै भारत अन्तिम चारमा पनि नपुगिकनै बाहिरियो ।

आज भारतको हारले वेस्ट इन्डिज भने सेमिफाइलनमा पुगेको छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका, इङ्ल्यान्ड र वेस्ट इन्डिज सेमिफाइनलमा पुगेका हुन् ।

आज भारतले दिएको एक सय ७५ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात विकेट गुमाएर अन्तिम ओभरमा भेटायो । उसका लागि लाउरा उलवार्टेले ८० र मिगनन डु प्रेजले नटआउट ५२ रन बनाए । बलिङतर्फ भारतका राजेश्वरी गायकवड र हर्मनप्रित काैरले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको ७१, मिथल राजको ६८ र सफाली वर्माको ५३ रन मद्दतमा दुई सय  ७४ रन बनाएको थियो । बलिङतर्फ दक्षिण अफ्रिकाका शबनिम इस्मेल र मसावता क्लासले दुई–दुई विकेट लिए ।

अब पहिलो सेमिफाइलनमा आउँदो बुधवार अस्ट्रेलिया र वेस्ट इन्डिज तथा बिहीवार दक्षिण अफ्रिका र इङ्ल्यान्ड खेल्नेछन् । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया