मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्यान्डकाे चाेनबरी एफसीसँग ३–१ ले पराजित

 चैत १३, २०७८ आइतबार १७:५९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डकाे चोनबरी एफसीसँग पराजित भएको छ ।

थाइल्यान्डमा आज भएकाे मैत्रीपूर्ण फुटबलमा नेपाली टाेली चोनबरीसँग तीन–एक गोलले पराजित भयो । पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गाेल गर्‍याे । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।

यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई–शून्य गाेलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण फुटबल खेल्न थाइल्यान्ड पुगेको हो ।

एसियन कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा  कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया