आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै दिल्लीकाे विजयी सुरुवात

 चैत १३, २०७८ आइतबार १९:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ ।

मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ललित यादवले ४८ र अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै पृथ्वी श ३८ र टिम शेफर्ट २१ रन बनाएर आउट भए । बलिङतर्फ मुम्बईका बसिल थम्पी तीन र मुरुगन अश्विनले दुई विकेट लिए ।

यसअघि मुम्बई टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनायो । उसका इशान किशनले नटआउट ८१ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ४१ र तिलक वर्माले २२ रन जोडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले तीन र खलील अहमदले दुई विकेट लिए ।

यो जितसँगै दिल्ली दुई अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया