सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा, कर्णालीमा सबैभन्दा कम

 चैत १३, २०७८ आइतबार २०:३८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको छ । मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । 

दोस्रो नम्बरमा वाग्मती प्रदेश रहेको छ । जसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ । प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् । 

यस्तै प्रदेशतर्फ सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ । यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको छ । 

जिल्लातर्फ भने सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा आठ सय २० र सबैभन्दा कम मनाङमा २८ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

पूर्ण विवरणका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया