आईपीएल क्रिकेट : पञ्जाब किङ्ग्सकाे विजयी सुरुआत, बेङ्ग्लाेर ५ विकेटले पराजित

 चैत १४, २०७८ सोमबार ६:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए । बेङ्ग्लाेरका मोहमद सिराजले २ विकेट लिए भने आकाश दीप, वानिन्दु हसारङ्ग र हर्सल पटेलले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । बेङ्ग्लाेरका लागि कप्तान फाप डु प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, बेङ्ग्लाेरका विराट कोहलीले ४१, दिनेश कार्तिकले ३२ तथा अनुज रावतले २१ रन जोडे । पञ्जाबका अर्शदीप सिंह राहुल चाहरले १–१ विकेट लिए । यसअघि हिजो नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको थियो । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेट्टायो । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया