त्रिदेशीय टी–२० श्रृङ्खला आजदेखि, पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै

 चैत १४, २०७८ सोमबार ७:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी-२० श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने श्रृङ्खलाको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ ।  खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुनेछ । यसअघि नेपाल र पीएनजी एक पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन् ।

सन् २०१५ मा नेपालले आईसीसी टी–२० विश्व कप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा पर्सि मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया