मुख्य दलहरु चुनावी घोषणापत्र बनाउने तयारीमा

 चैत १४, २०७८ सोमबार ७:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मुख्य राजनीतिक दलहरुले स्थानीय तह चुनावको लागि घोषणापत्र बनाउने तयारी सुरु गरेका छन् ।

केन्द्र र स्थानीयस्तरबाट दुई थरी घोषणापत्र बनाउने दलहरुको तयारी छ। केन्द्रबाट नीतिगत र स्थानीयस्तरबाट सम्बन्धित पालिकाका योजना समेटिएका घोषणापत्र बनाउन लागिएको हो।मुख्य दुई दल एमाले र कांग्रेसले घोषणापत्र निर्माण समिति गठन गरिसकेका छन्।

एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा ११ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ । एमालेको स्थायी कमिटीको बैठकले घोषणापत्रको मस्यौदामाथि थप सुझाव सङ्कलन गर्ने निर्णय पनि गरेको छ।

हिजो बसेको बैठकले घोषणापत्र तयारीका लागि भर्चुअल बैठक गर्ने निर्णयसमेत गरेको छ । भर्चुअल बैठकमा प्रदेश तथा जिल्ला, पालिकाका प्रमुख, उपप्रमुख, मस्यौदा समितिका तोकिएका विज्ञ, परराष्ट्र र कानुनी मामिलाका सदस्य सहभागी हुने एमालेले जनाएको छ ।  

चुनावी घोषणापत्रको मस्यौदामा स्थायी कमिटी सदस्यले आउँदो २० गतेसम्म लिखित सुझाव दिनेछन् । त्यसपछि घोषणापत्रलाई अन्तिम रुप दिने एमालेले जनाएको छ । यस्तै नेपाली कांग्रेसले पनि स्थानीय तह चुनावका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । समितिको संयोजकमा महामन्त्री गगन थापा हुनुहुन्छ ।

माओवादीको केन्द्रीय कार्यालयले पनि घोषणापत्र बनाउने तयारी थालेको छ । चुनाव नजिकिएसँगै दलका नेता कार्यकर्ता गाउँटोल पनि पुग्न थालेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा लगायतका दलका नेताहरुले गाउँटोलमा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव आउन अब ४६ दिन बाँकी छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया