त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै

 चैत १५, २०७८ मंगलबार ७:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् ।

खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियाे । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो ।

यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल पर्सि पीएनजीसँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया