त्रिदेशीय टी–२० शृङ्खला : मलेसियाले पीएनजीलाई हरायाे

 चैत १५, २०७८ मंगलबार १५:५६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले हराएकाे छ । मलेसियाले दिएकाे एक सय ८१ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर तीन बलमा एक सय ७२ रनमा अलआउट भयाे । 

पीएनजीका लागि टाेनी उराले ५६ र नाेरमन भानुआले ४५ रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ मलेसियाका शरविन मुनिएन्डीले चार विकेट लिए । यस्तै मुहम्मद वकिफ र पवनदीप सिंहले तीन–तीन विकेट लिए ।

यसअघि कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८० रन बनायो ।

मलेसियाका लागि विरन्दीप सिंहले नटआउट ५९, अहमद फैजले ५६ र सैयद अजिजले ४७ रन बनाए । बलिङतर्फ पीएनजीका नोर्मन वनुवाले दुई विकेट लिए । 

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले दोस्रो खेल भोलि बुधवार मलेसियासँग र तेस्रो खेल पर्सि बिहीवार पीएनजीसँग खेल्नेछ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया