आईपीएलमा हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानको विजयी सुरुआत

 चैत १६, २०७८ बुधबार ८:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ । पुणेमा गएराति भएको खेलमा राजस्थानले सनराईजर्स हैदरावादलाई ६१ रनले हरायो ।

राजस्थानले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २ सय १० रन बनाएको थियो । राजस्थानका कप्तान सन्जु सामसनले ५५ रनको अर्धशतकीय पारी खेले । हैदरावादका टी नटराजन र उम्रान मलिकले २/२ विकेट लिए ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया