विश्वकप फुटबल छनोटमा ब्राजिलले बोलिभियालाई हरायो, अर्जेन्टिना बराबरीमा रोकियो

 चैत १६, २०७८ बुधबार ९:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलिभियालाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० गोलले हराएको हो ।

ब्राजिलका रिचार्लिसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक/एक गोल गरे । दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै कतारमा हुने विश्वकपका लागि छनोट भैसकेको छ । अर्को खेलमा पेरुले पाराग्वे र उरुग्वेले चिलीलाई समान २–० ले हराएका छन् । कोलम्बियासँग भेनेजुएला १–० ले पराजित भएको छ ।

यस्तै अर्जेन्टिना बराबरीमा रोकिएको छ । अर्जेन्टिना इक्वेडरसँग एक–एक गोलको बराबरीमा रोकिएको हो । खेलको २४ औं मिनेटमा जुलियन अल्भारेजले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गरी इक्वेडरलाई बराबरीमा ल्याए । अर्जेन्टिनाले यसअघि नै विश्वकपमा स्थान पक्का गरेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया