मलेसियासँगको खेलमा नेपाल बलिङमा : करनले लिए पहिलो बलमै विकेट

 चैत १६, २०७८ बुधबार १२:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट श्रृंखलामा मलेसियासँगको खेलमा नेपालले बलिङ गरिरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो ।

नेपालका करण केसीले पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएका छन् । मलेसियाका वीरन्दिप सिंह आउट भएका छन् । नेपाल र मलेसियाले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए ।

नेपालले पीएनजीलाई १५ रन र मलेसियाले ८ रनले हराएको हो । नेपाल र मलेसिया यसअघि टी–ट्वान्टीमा ६ खेलिसकेका छन् । नेपाल पाँच खेलमा विजयी हुँदा मलेसियाले एक पटक हराएको छ । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया