नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकाे पाँचाैं संस्करण आजदेखि

 चैत १७, २०७८ बिहिबार ८:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ'को पाँचौं संस्करण आजदेखि सुरु हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव काठमाण्डौको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा आजदेखि हुन लागेको हो ।

बेलुका ४ बजे उद्घाटन हुने चलचित्र महोत्सव आउँदो २१ गतेसम्म चल्ने छ । आज पहिलो दिन राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजे डा. पुरु लम्सालको ‘गुरु पर्व’ प्रदर्शन गरिने छ । महोत्सव अवधिभर ३८ देशका ८९ वटा चलचित्र, वृत्तचित्र र एनिमेटेड चलचित्र प्रदर्शन एवम् प्रतिस्पर्धा हुनेछ । ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा–छोटा चलचित्र, वृत्तचित्र तथा एनिमेटेड चलचित्रबीच ७ वटा विधामा प्रतिस्पर्धा हुने र उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

गएको वर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा निफ आयोजना गरिएको थियो । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया