नेपाली सेनाको विभिन्न चार हजार पदमा आवेदन खुल्यो

 चैत १७, २०७८ बिहीबार १०:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाे – नेपाली सेनाले विभिन्न चार हजार पदमा आवेदन मागेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले विभिन्न चार हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ २ हजार ९८ सिटका लागि भर्ना खुलेको छ । यस्तै समावेशीतर्फ महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ । यस्तै ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र ज्यान गुमाएका नेपाली सैनिकका सन्ततिले त्यस कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

वैशाख १६ गतेभित्र दरखास्त दिनुपर्ने सेनाले जनाएको छ । शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण भएको र उमेरहद १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेको हुनुपर्ने छ । यस्तै पुरुषको हकमा उचाइ न्यूनतम ५ फीट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० किलो हुनुपर्नेछ ।

महिलाको हकमा भने उचाइ ५ फीट तथा तौल न्यूनतम ४० किलो हुनुपर्ने जंगी अड्डाले निकालेको सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया