नेपाल त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा, करण ह्याट्रिक लिने पहिलाे नेपाली

 चैत १७, २०७८ बिहीबार १६:३८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । त्रिवि क्रिकेट मैदानमा आज बिहीवार भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे छ । 

नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । 

यस्तै आजकाे खेलमा करण केसीले कीर्तिमान बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलाे नेपाली खेलाडी बनेका छन् । २० औँ ओभरमा बलिङ गर्न आएका करणले ओभरकाे दाेस्राे, तेस्राे र चाैथाै बलमा लगातार विकेट लिएर ह्याट्रिक पूरा गरेका हुन् । 

लगातार तेस्राे जितसँगै नेपाल एक खेलअघि नै फाइनलमा पुगेकाे हाे । नेपालले यसअघि पहिलाे खेलमा पीएनजीलाई नै र दाेस्राे खेलमा मलेसियालाई हराएकाे थियाे । अब नेपालले पर्सि शनिवार मलेसियासँग खेल्नेछ । फाइनल खेल भने आउँदाे साेमवार हुनेछ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया