प्रधानमन्त्री देउवाकाे भारत भ्रमणले दुई देशबीचकाे सम्बन्ध अझ उचाइमा पुर्‍याउँछ : मन्त्री कार्की

 चैत १८, २०७८ शुक्रबार १४:३१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने बताउनुभएको छ । 

हिजाे बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्‍याएर देशकाे हित गर्ने बताउनुभएको हो । 

प्रधानमन्त्री देउवा आज दिउँसाे भारत प्रस्थान गरिसक्नुभएको छ । सञ्चार मन्त्री कार्कीले भन्नुभयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाकाे भ्रमणले नेपाल र भारतको बीचमा सदिऔँदेखि रहिआएको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्‍याएर देशकाे हितमा यो भ्रमण केन्द्रित रहने कुरा म निवेदन गर्न चाहान्छु ।’

हिजाेकाे मन्त्रिपरिषद्को बैठकले अरुण ३ जलविद्युत् परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–तिदिम खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने, निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो । त्यस्तै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त पसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएकाे छ । 

मन्त्रिपरिषद् बैठकले आयोजनाको वहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड २०७८ स्वीकृत गर्ने, नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी पहिलो संशोधन कार्यविधि २०७८ स्वीकृत गर्ने पनि निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरीक्षकको पदमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रकुमार धानुकलाई बढुवा गरी रिक्त पदमा पदस्थापना गर्ने निर्णय गरेको सञ्चार मन्त्री कार्कीले बताउनुभयो । त्यसैगरी ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ भने  न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा सङ्गीता खड्का र गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गरिएको उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया