ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज शुक्रवार भएकाे खेलमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई आठ विकेटले हराएकाे छ ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएकाे एक सय ९७ रनकाे लक्ष्य पीएनजीले मात्र दुई विकेट गुमाएर १३ बलअघि नै भेटायाे । पीएनजीकाे जितमा टाेनी उराले ३४ बलमा १० छक्का र दुई चाैकासहित नटआउट ८६ रन बनाए । यस्तै कप्तान असाद भालाले नटआउट ७४ र चार्ल्स अमिनीले २८ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ र स्याज्रुल इद्रुले एक–एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनायाे । मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ माेरेले चार विकेट लिए ।
आजकाे जितसँगै पीएनजीले फाइनल प्रवेशकाे सम्भावना बलियाे बनाएकाे छ । भाेलि शनिवार हुने नेपालसँगकाे खेलमा मलेसियाले हारेमा पीएनजी फाइनलमा पुग्नेछ । नेपालसँगकाे खेलमा विजयी भएमा मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ । नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।