आईपीएल क्रिकेटमा कोलकत्तालाई दोस्रो जित, पन्जाब ६ विकेटले पराजित

 चैत १९, २०७८ शनिबार ७:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दोस्रो जित निकालेको छ  । गएराति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता विजयी भएको हो ।

पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । कोलकत्ताको जितमा आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले भने कप्तान श्रेयस आयरले २६, साम विलिङ्सले २४  र अजिन्के रहानेले १२  रन बनाए । पन्जाबका राहुल चाहरले २ विकेट लिए भने कगिसो रबडा र ओडेन स्मिथले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रन बनाएको थियो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रनको योगदान गरे भने कागिसो राबडाले २५, लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिए । यस्तै, टिम साउथीले २ तथा शिभम माभी, सुनिल नरिने र आन्द्रे रुसेलले एक एक विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया