कतारमा हुने विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

 चैत १९, २०७८ शनिबार ७:४१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।

सार्वजनिक ड्र अनुसार समूह ए मा कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर छन् । यस्तै समूह बी मा इंल्याण्ड, अमेरिका, इरान छन् भने समूह सी मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । यस्तै,साविक विजेता फ्रान्स समूह डीमा परेको छ । यो समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस्तै, समूह ईमा उपाधि दाबेदार स्पेन र जर्मनीका साथै जापान परेको छ ।

समूह एचमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् भने समूह जीमा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।  उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म हुनेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया