सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको सिद्धि पर्वको क्रममा देवी नाच धुलिखेलमा प्रदर्शन गरिएको छ । हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको जात्राको अवसरमा देवी नाच स्थानीय क्षेत्रमा मात्र नभएर काठमाण्डौ, ललितपुर, पनौती, दोलखा लगायत नेपालमण्डलको विभिन्न ठाँउमा प्रदर्शन गर्ने परम्परा छ।
यहि परम्परालाई निरन्तरता दिँदै हिजो त्रिशक्ति भवानी सहित देवगणलाई धुलिखेल लगिएको हो भने हिजो बेलुकीदेखि नै त्यहाँ नाच प्रदर्शन गरिएको छ। भोलि आइतबारसम्म धुुलिखेलमा देवीनाच देखाएर त्रिशक्ति भवानी सहित देवगणलाई दोलखा प्रस्थान गरिनेछ।
दोलखामा आउँदो बिहीबारसम्म नाच देखाइनेछ। शक्ति सञ्चय र पुनःस्थापनाको रुपमा लिइने १२ वर्षको सिद्धि पर्व हरिसिद्धिमा गएको गाइजात्रादेखि सञ्चालन भइरहेको छ। २९ जना देवदेवी सम्मिलित हरिसिद्धिको त्रिशक्ति भवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो एवं पहिलो देवीनाचको रुपमा बंशावलीमा उल्लेख गरिएको छ।
(तस्बिर : जितेन्द्र महर्जन, रसिक जल्मि)
सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।