नेपालले मलेसियालाई दियाे २ सय २४ रनकाे लक्ष्य, दीपेन्द्रले शतक बनाए

 चैत १९, २०७८ शनिबार १४:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनकाे लक्ष्य दिएकाे छ । 

आज शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै राेहित पाैडेलले ५१ रन बनाए ।

दीपेन्द्रकाे याे पहिलाे टी–२० अन्तर्राष्ट्रिय शतक हाे । याेसँगै उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए ।

बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए । 

आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्ने छ भने पराजित भएमा पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ भने समान दुई/दुई अङ्क रहेका पीएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया