कांग्रेसले देशको हित र आवश्यकतालाई हेरेर परराष्ट्र नीति सञ्चालन गर्छ : प्रवक्ता महत

 चैत १९, २०७८ शनिबार १८:५२:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ वाग्मती प्रदेशले आज शुक्रवार आयोजना गरेको ‘दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको र आउँदा दिनमा पनि गर्दै जाने बताउनुभएको हो । ‘कांग्रेसले सत्तामा हुँदा पनि नहुँदा पनि एउटै नीति अवलम्बन गर्छ’, उहाँले भन्नुभयो ।

प्रवक्ता डा महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बारेमा छलफल गर्न सबै राजनीतिक दललाई बोलाएको स्पष्ट पार्नुभयो । उहाँले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो फोन पनि गर्नुभएन भन्ने आरोप निराधार भएको बताउनुभयो । पूर्व परराष्ट्रमन्त्रीसमेत रहनुभएका महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयकाे कुरा उठाउने बताउनुभयो । उहाँले नेपाल र भारतका बीचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको बताउनुभयो । 

प्रवक्ता महतले खेलकुदमा युवाको मोह रहेको र यसका विधा पनि व्यापक भएकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया