ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ । आज शनिवार मुम्बईमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो ।
राजस्थानले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विके गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक वर्माले ६१, इशान किशनले ५४ र कायरन पोलार्डले २२ रन बनाए । बलिङतर्फ राजस्थानका नवदीप सैनी र युजवेन्द्र चाहलले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनायो । राजस्थानका लागि जोस बटलरले सिजनकै पहिलो शतक बनाए । यस्तै शिमरन हेटमायरले ३५ र सन्जु सामसनले ३० रन बनाए ।
यो जितसँगै राजस्थान दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले भने लगातार दोस्रो हार बेहोरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।