आईपीएल क्रिकेटमा गुजरातको लगातार दोस्रो जित

 चैत २०, २०७८ आइतबार ७:५२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । हिजो बेलुकी गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

पुणेमा एक सय ७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्र बनायो ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । २ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ तालिकाको चौथोे स्थानमा छ ।

यस्तै हिजै भएको खेलमा राजस्थान रोयल्सले पनि लगातार दोस्रो जित निकालेको छ । मुम्बईमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो । राजस्थानले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९३ रन बनायो । यो जितसँगै राजस्थान दुई खेलमा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले भने लगातार दोस्रो हार बेहोरेको छ ।  

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया