ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरीको काँधको शल्यक्रिया गरिएको छ । कलङ्कीको नेपाल नेशनल अस्पतालमा आज आइतवार बिहान कमलको शल्यक्रिया भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
कमलको काँधको हड्डीमा लागेको चोट निको हुुन ६ हप्ता लाग्ने उपचारमा संलग्न डाक्टर निरज केसी र निराजन सुवेदीले बताउनुभएको क्यानले जानकारी दिएको छ ।
त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत हिजो शनिवार मलेसियासँगको खेलका क्रममा कमलसिंह ऐरीलाई बलले काँधमा लागेको थियो । शृङ्खलामा नेपालले पपुवा न्युगिनी र मलेसियासँग भएका चार वटै खेल जितेको छ ।
यसैबीच त्रिदेशीय टी–२० शृङ्खलाकाे फाइनलमा भोलि साेमवार नेपालले पीएनजीसँग खेल्दैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।