पाकिस्तानसँगको टी–२० क्रिकेटमा अस्ट्रेलिया तीन विकेटले विजयी

 चैत २३, २०७८ बुधबार ७:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानसँगको टी–२० क्रिकेटमा अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ ।

जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै भेट्टायो । अस्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले सर्वाधिक ५५ रन बनाए। पाकिस्तानका शाहिन साह अफ्रिदी, उस्मान कादिर र मोहम्मद वासिम जुनियरले दुई/दुई विकेट लिए ।

लाहोरमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाए । अस्ट्रेलिया नाथन एलिसले ४ विकेट लिए ।

डेब्यु खेल खेलेका क्यामरन ग्रिनले दुई विकेट लिए । अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । टेस्ट र टी–२० जितेको अस्ट्रेलिया एक दिवसीयमा पराजित भएको थियो । तीन टेस्टको श्रृङ्खला अस्ट्रेलियाले १–० ले जितेको थियो । तीन एक दिवसीयमा पाकिस्तान २–१ ले विजयी भएको थियो।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया